बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम उच्च: अध्ययन
सारांश
- अस्ट्रेलियाको अध्ययनले बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम उच्च रहेको जनाएको छ।
- लेप्टोस्पाइरोसिस जीवाणु दूषित पानी र माटोबाट सर्ने र बाढीपछि यसको जोखिम बढ्छ।
- रोगविरुद्ध खोप नभएकाले जनचेतना, सरसफाइ र परीक्षण आवश्यक रहेको कुरा अध्ययनले देखाएको छ।
काठमाडौँ । अष्ट्रेलियाको एक विश्वविद्यालयद्वारा गरिएको विस्तृत अनुसन्धानले जलवायु परिवर्तनका कारण विश्वभर बढ्दो आँधी, अत्यधिक वर्षा र बाढीले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको जनाएको छ । अध्ययनअनुसार यस्ता प्राकृतिक घटनाले विशेष गरी ‘लेप्टोस्पाइरोसिस’ नामक जीवाणुजन्य सङ्क्रामक रोग फैलिन अनुकूल वातावरण सिर्जना गरिरहेको छ । उक्त रोग मुख्यतः दूषित पानी र माटोमार्फत मानिसमा सर्ने गर्छ र बाढीपछि जोखिम अझ बढ्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।
अनुसन्धानमा उल्लेख गरिएअनुसार ‘लेप्टोस्पाइरोसिस’ रोगका जीवाणु न्यानो वातावरणमा लामो समयसम्म जीवित रहन सक्छन् । अत्यधिक वर्षा र बाढीका कारण यी जीवाणु पानीका मुहान, खेतबारी, बस्ती र खानेपानीका स्रोतसम्म फैलिने सम्भावना बढ्छ । यसका कारण बाढी प्रभावित क्षेत्रका मानिसहरूमा रोगको संक्रमण तीव्र रूपमा फैलिन सक्छ । विशेष गरी सरसफाइ कमजोर भएका क्षेत्रमा यसको जोखिम अझ बढी देखिएको छ ।
वैज्ञानिकहरूका अनुसार किसान, पशुपालक, जनावरसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति, मासु प्रशोधन गर्ने कामदार तथा नदी, पोखरी र खोलामा काम गर्ने वा नुहाउने व्यक्तिहरू यस रोगको उच्च जोखिममा पर्छन् । हालसम्म यो रोगविरुद्ध मानवका लागि प्रभावकारी खोप उपलब्ध नभएकाले रोकथामका लागि जनचेतना, सरसफाइ र प्रारम्भिक परीक्षण अत्यन्त आवश्यक रहेको अध्ययनले औँल्याएको छ ।
यस रोगका लक्षणहरू प्रारम्भमा सामान्य ज्वरो, टाउको दुखाइ, शरीर दुखाइ जस्ता देखिन सक्ने भएकाले धेरै अवस्थामा समयमै पहिचान हुन नसक्ने जोखिम रहन्छ । यदि समयमै उपचार नगरिएमा यसले कलेजो, मिर्गौला र स्नायु प्रणालीमा गम्भीर क्षति पुर्याउन सक्छ भने गम्भीर अवस्थामा ज्यानसमेत जान सक्ने चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन् । त्यसैले बाढी तथा अत्यधिक वर्षापछि प्रभावित क्षेत्रका मानिसहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने र सरकारले जोखिमयुक्त क्षेत्रमा निगरानी तथा रोकथाम कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण