अमिताभ बच्चनले छोरी श्वेतासँग अभिनय गरेको विवदास्पद विज्ञापन हटाइयो
सोमबार, ०७ साउन २०७५, १३ : ०३
भारतको कल्याण ज्वेलर्सले बलिउड अभिनेता अमिताभ बच्चन एवं उनकी छोरी श्वेता नन्दाद्वारा अभिनित करिब साढे दुई मिनेटको विवादित विज्ञापन हटाएको छ । यो विज्ञापन बैंक युनियनको निशानामा थियो । उक्त विज्ञापनले बैंकिङ प्रणालीमा ‘अविश्वास’ को भावना पैदा गरेको युनियनले आरोप लगाएको छ ।
कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणारमनले भने, ‘भूलवश मानिसहरुको भावनामा ठेस् पुगेकोमा हामी खेद प्रकट गर्छौं । त्यसकारण हामीले यो विज्ञापन हटाएका छौं । ’
अल इन्डिया बैंक अफिसर्स कन्फेडरेशनले विज्ञापनदाता कल्याण ज्वेलर्सविरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी दिँदै विज्ञापनलाई घृणित बताएको थियो । संगठनले कम्पनीको विज्ञापनमार्फत लाखौं कर्मचारीको भावनामा ठेस पुगेको आरोप लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण