दार्चुलामा प्रहरी हवल्दारको हत्या, ४ जना नियन्त्रणमा
मङ्गलबार, २७ माघ २०८२, १३ : २३
सारांश
- दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको छ।
- महाकाली नगरपालिका-४ बांगाबगडास्थित होटल पछाडि उनी मृत भेटिएका थिए।
- प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले रातोपाटीलाई बताए ।
महाकाली नगरपालिका–४ बांगाबगडा स्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका हुन् । कुटेर उनको हत्या गरेको आशङ्का गरिएको छ ।
हत्यामा संलग्न आशङ्कामा सोधपुछको लागी ४ जनालाई नियन्त्रणमा लिइएको डीआईजी रानाले बताए । उनले भने, ‘कुटेर हत्या गरेको देखिन्छ, सोधपुछको लागी ४ जना शङ्कितलाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण