क्युबामा इन्धन सङ्कटको मुख्य दोषी अमेरिका हो: रुस
मस्को । क्युबामा चुलिँदै गएको गम्भीर इन्धन सङ्कटका लागि रुसले अमेरिकालाई सिधै जिम्मेवार ठहर्याएको छ। रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन) का प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकाले क्युबामाथि लगाएको आर्थिक नाकाबन्दी र घेराबन्दीका कारण त्यहाँको समग्र अर्थतन्त्र नै धरासायी बनेको बताएका छन्।
पेट्रोलियम आपूर्तिमा सिर्जना गरिएको अवरोधले क्युबाली जनताको जनजीवन कष्टकर बनेको भन्दै रुसले यसबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। पेस्कोभका अनुसार रुस अहिले क्युबासँग निरन्तर सम्पर्कमा छ र कूटनीतिक लगायत अन्य माध्यमबाट सहयोगका सम्भावित विकल्पहरूबारे छलफल गरिरहेको छ।
अमेरिकाले क्युबालाई आफ्नो सुरक्षाका लागि 'असाधारण खतरा' भन्दै भेनेजुएलाबाट हुने इन्धन आपूर्तिमा समेत पूर्ण रोक लगाएको छ। यति मात्र नभई, क्युबालाई इन्धन बेच्न चाहने अन्य देशहरूमाथि पनि अमेरिकाले कडा दबाब सिर्जना गरेको रिपोर्टहरू सार्वजनिक भएका छन्।
इन्धन सङ्कट यतिसम्म चुलिएको छ कि क्युबाले आइतबारदेखि देशमा जेट इन्धन (हवाई इन्धन) उपलब्ध नहुने आधिकारिक चेतावनी दिएको छ। यसको सिधा असर अन्तर्राष्ट्रिय हवाई सेवामा परेको छ।
इन्धन अभावकै कारण धेरैजसो विमान कम्पनीहरूले क्युबा उडान स्थगित गरेका छन् भने कतिपयले उडान तालिकामा व्यापक हेरफेर गर्न बाध्य भएका छन्। अमेरिकी दबाब र आन्तरिक सङ्कटका कारण क्युबाको ऊर्जा क्षेत्र अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण