भीमदत्त कप क्रिकेट: बेलौरी र पुनर्वास विजयी
सारांश
- भीमदत्त कप क्रिकेट प्रतियोगितामा बेलौरी र पुनर्वास विजयी भए ।
- पहिलो खेलमा पुनर्वासले बेलडाँडीलाई पराजित गर्यो भने दोस्रो खेलमा बेलौरीले बेदकोटलाई हरायो ।
- प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ र विजेताले पुरस्कार पाउनेछन् ।
कञ्चनपुर । महेन्द्रनगरस्थित कवर्डहलको खेल मैदानमा जारी पाँचौँ भीमदत्त कप क्रिकेट प्रतियोगितामा बेलौरी र पुनर्वास नगरपालिका विजयी भएका छन् ।
प्रतियोगिताको पाँचौँ खेलमा बेलडाँडी गाउँपालिकालाई नो विकेटले पराजित गर्दै पुनर्वास नगरपालिका विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको बेलडाँडीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । बेलडाँडीका लागि दीपेश राना क्षेत्रीले सर्वाधिक ४६ रन र राजेन्द्र बुढाले ३३ रनको योगदान गरे ।
बलिङमा पुनर्वासका श्रीजल ओड र समीप विकेले ३/३ विकेट लिए । जितका लागि १६६ रनको लक्ष्य पछ्याएको पुनर्वासले १८ दशमलव १ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पुनर्वासका लागि प्रेम ओडले सर्वाधिक ९० रनको योगदान गरे । प्रेम खत्रीले ३७ रन जोडे ।
बलिङमा बेलडाँडीका कमल हमालले १ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच पुनर्वासका प्रेम ओड घोषित भए ।
त्यसैगरी आजै भएको अर्को खेलमा बेलौरीले बेदकोटलाई दुई रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बेलौरीले निर्धारित २० ओभरको क्षतिमा आठ विकेटको क्षतिमा १०१ रन बनाउन सक्यो । बेलौरीका निरज कार्कीले सर्वाधिक ३९ रनको योगदान गरे । निराजन थापाले १७ रन जोडे ।
बलिङतर्फ बेदकोटका राजेश ऐरले चार विकेट हात पारे । जितका लागि १०२ रनको लक्ष्य पछ्याएको बेदकोट नगरपालिका १५ दशमलव ४ ओभरमा अलआउट हुँदै ९९ रन मात्रै बनाउन सक्यो । बेदकोटका विवेक बोहराले २२ रन र चक्र एडीले २१ रनको योगदान गरे ।
बलिङमा बेलौरीका रोहित कार्की, नीरज कार्की र हिमाल पन्तले ३/३ विकेट लिए । उक्त खेलमा प्लेयर अफ द म्याच बेलौरीका निरज कार्की घोषित भए । प्रतियोगितामा ६ वटा टीमको सहभागिता छ । विजेताले रु एक लाख ५५ हजार ५५५ ट्रफी, प्रमाणपत्र र उपविजेताले रु ७७ हजार ७७७, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण