गाजामा ८ हजार सैनिक पठाउने तयारीमा इन्डोनेसिया
सारांश
- इन्डोनेसियाले गाजामा शान्ति र स्थिरता अभियानका लागि ८ हजार सैनिक पठाउने तयारी गरेको छ।
- सैनिकहरू चिकित्सा सहायता, पूर्वाधार निर्माण र पुनर्निर्माणमा केन्द्रित हुनेछन्, र उनीहरू संयुक्त राष्ट्र संघको बलको हिस्सा हुनेछन्।
- राष्ट्रपति प्राबोवो सुबिआन्तोको निर्णयलाई केही इस्लामिक समूहले आलोचना गरेका छन्, तर उनले स्थिरताका लागि योगदान दिने बताए।
जर्कार्ता । गाजामा अन्तर्राष्ट्रिय शान्ति र स्थिरता अभियान अन्तर्गत करिब ८ हजार सैनिक तैनाथ गर्ने तयारी थालेको इन्डोनेसियाले जनाएको छ । अमेरिकी मध्यस्थतामा गत वर्ष भएको युद्धविराम सम्झौताको दोस्रो चरणअन्तर्गत सैनिक पठाउने तयारी गर्ने इन्डोनेसिया पहिलो मुलुक बन्न लागेको हो ।
सैनिकहरूको तालिम सुरु भइसकेको जानकारी दिँदै उनीहरूको मुख्य जिम्मेवारी चिकित्सा सहायता, पूर्वाधार निर्माण र पुनर्निर्माणसँग सम्बन्धित हुने इन्डोनेसियाली सेनाका प्रधानसेनापति जनरल मारुली सिमान्जुन्ताकले बताए । उनले यी सेना लडाकु भूमिकाभन्दा मानवीय र इन्जिनियरिङ सहयोगमा बढी केन्द्रित हुने स्पष्ट पारेका छन् ।
इन्डोनेसिया संयुक्त राष्ट्र सुरक्षा परिषद्को म्यान्डेटअन्तर्गत बन्न लागेको अन्तर्राष्ट्रिय स्थिरीकरण बलको हिस्सा हुनेछ । यो बलले गाजाको सीमा क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने, युद्धपछिको असैनिकीकरण प्रक्रिया अघि बढाउने र हमासको निःशस्त्रीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
इजरायली राष्ट्रपति प्राबोवो सुबियान्तो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको ‘बोर्ड अफ पिस’मा पनि सामेल भएका छन् । यो समितिको पहिलो बैठक फेब्रुअरी १९ मा वासिङ्टनमा हुँदैछ । उक्त निकायले गाजामा नयाँ प्राविधिक (टेक्नोक्रेटिक) प्यालेस्टिनी सरकार गठन, सुरक्षा व्यवस्था र पुनर्निर्माण प्रक्रिया निरीक्षण गर्ने बताइएको छ ।
यद्यपि सैनिक कहिले र कुन मोडालिटीमा पठाइने भन्ने अन्तिम टुंगो लागेको छैन । राष्ट्रपति प्राबोवो सुबिआन्तोको निर्णयलाई इन्डोनेसियाका केही इस्लामिक समूहले आलोचना गरेका छन् । उनीहरूले अमेरिकाको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।
तर राष्ट्रपति प्राबोवोले विश्वको सबैभन्दा ठुलो मुस्लिम जनसंख्या भएको देशका रूपमा इन्डोनेसियाले गाजामा स्थिरता ल्याउन योगदान दिनु आफ्नो दायित्व भएको बताएका छन् । उनले अन्ततः दुई–राज्य समाधान नै क्षेत्रीय शान्तिको आधार हुनेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण