मानव तस्करी र यौन शोषणमा सहयोगको आरोपमा लागेकी म्याक्सवेललाई ट्रम्पले माफी दिन लागेका हुन् ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टीनकी सहयोगी घिस्लेन म्याक्सवेललाई माफी दिने विषयमा नसोचेको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूसँग कुरा गर्दै यस विषय ट्रम्पले नसोचेको बताइन् ।
यसअघि नोभेम्बरमा ट्रम्पले माफीको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका थिएनन् । ‘मैले यसबारे सोचेको छैन । म यसलाई न त स्वीकार गर्छु न त अस्वीकार,’ उनले त्यतिबेला भनेका थिए ।
म्याक्सवेलले सोमबार कांग्रेसको बन्द–ढोकाभित्र हुने सुनुवाइमा हरेक प्रश्नमा पाँचौँ संशोधनको अधिकार प्रयोग गर्दै मौन बसेकी थिइन् । राष्ट्रपतिबाट क्षमादान पाए भने उनी बोल्न तयार रहेको उनका वकिल डेभिड ओस्कर मार्कसले बताएका थिए ।
मार्कसले ट्रम्प र पूर्वराष्ट्रपति बिल क्लिन्टन दुवै कुनै गलत काममा संलग्न नभएको दाबी गर्दै म्याक्सवेलले मात्र सम्पूर्ण कुरा स्पष्ट पार्न सक्ने बताएका थिए । म्याक्सवेल मौन रहनुमा केही डेमोक्रेट सांसदहरूले ट्रम्पलाई दोष दिएका छन् ।
‘उनले ट्रम्पबाट माफी पाउन अभियान चलाइरहेकी छन्, र राष्ट्रपतिले त्यो सम्भावनालाई खारेज गरेका छैनन्’ भर्जिनियाका सांसद सुहास सुब्रमण्यमले भनेका थिए । म्याक्सवेलले अहिले मानव तस्करी र यौन शोषणमा सहयोग गरेको आरोपमा कारावास सजाय भोगिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण