क्यानडा गोलीकाण्ड : १८ वर्षीया ‘ट्रान्स किशोरी’ ले आफ्नै परिवार र स्कुलमा अन्धाधुन्ध गोली प्रहार गरिन्
सारांश
- क्यानडाको ब्रिटिस कोलम्बियामा एक १८ वर्षीया युवतीले गोली चलाउँदा आठ जनाको मृत्यु भयो, जसमा उनको परिवार र स्कुलका विद्यार्थीहरू परे।
- आक्रमणपछि युवतीले आत्महत्या गरिन्, घटनाको कारण अज्ञात छ, तर यसले शान्त समुदायलाई स्तब्ध बनाएको छ।
- प्रहरीले घटनास्थलबाट हतियार बरामद गर्यो र युवती विगतमा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त थिइन्।
ब्रिटिस कोलम्बिया । क्यानडाको ब्रिटिस कोलम्बियामा १८ वर्षीया युवतीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
१८ वर्षीया जेसी भ्यान रुट्सलारले आफ्नो परिवारका सदस्य र स्थानीय स्कुलमा आक्रमण गरेपछि अन्ततः आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनाको खास कारण अझै खुल्न नसकेको भए पनि यो आक्रमणले शान्त मानिने टम्बलर रिज समुदायलाई स्तब्ध बनाएको छ।
प्रहरीका अनुसार जेसीले सबैभन्दा पहिले आफ्नै घरमा ३९ वर्षीया आमा र ११ वर्षीय सौतेनी भाइको हत्या गरिन् र त्यसपछि उनी टम्बलर रिज सेकेन्डरी स्कुल पुगेकी थिइन्। स्कुलमा उनले चलाएको गोली लागेर एक महिला शिक्षिका र १२ देखि १३ वर्ष उमेर समूहका पाँच जना विद्यार्थीले ज्यान गुमाएका छन्।
आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। रोयल क्यानेडियन माउन्टेड पुलिसका डेपुटी कमिश्नर ड्वेन म्याकडोनाल्डले जेसी पुरुष भए पनि पछिल्लो ६ वर्षदेखि महिलाका रूपमा पहिचान बनाएर बसिरहेकी जानकारी दिएका छन्।
प्रहरीले घटनास्थलबाट एउटा लामो बन्दुक र एउटा परिमार्जित ह्यान्डगन बरामद गरेको छ। जेसीसँग पहिले वैध हतियार इजाजतपत्र भए पनि पछि त्यसको म्याद सकिएको अनुसन्धानबाट खुलेको छ।
उनी चार वर्षअघि सोही स्कुलबाट ड्रपआउट भएकी थिइन् र विगतका वर्षहरूमा मानसिक स्वास्थ्यका कारण उनको घरमा प्रहरी पटक(पटक पुग्ने गरेको पाइएको छ। ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले स्वास्थ्य प्रणालीसँग समन्वय गरेर जेसीको मानसिक अवस्था र विगतका उपचारबारे अनुसन्धान सुरु गरिएको बताएका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यस घटनालाई ‘अकल्पनीय क्रूरता’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण