यी चार काममा प्रदेश सरकारले पाए फूल मार्क्स
सारांश
- प्रदेश सरकारले चार वटा काममा पूर्ण अङ्क प्राप्त गरेको छ।
- सवारी साधन कर रकम प्रदेश सञ्चित कोषमा जम्मा गरेकोमा सबैलाई ५ अङ्क दिइएको छ।
- मधेस प्रदेश बाहेक अरू सबैले बजेट समीक्षा गरी अर्थ मन्त्रालयमा बुझाएका छन्।
काठमाडौँ । प्रदेश सरकारले चार वटा कामका पूर्ण अङ्क (फुल मार्क्स) पाएका छन् र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको प्रदेशहरूको मूल्याङ्कनमा ११ सूचकमध्ये चार सूचकमा पूर्ण अङ्क प्राप्त गरेका हुन् ।
यी सूचकमध्ये प्रदेश सरकारले सवारी साधन कर बमोजिमको ४० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा गरेको वा नगरेको भन्ने छ । यो रकम सबैले जम्मा गरेको भन्दै सबैलाई ५ पूर्णाङ्कमा ५ नम्बर दिइएको छ ।
त्यस्तै प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउने समानीकरण अनुदान चैतभित्र उपलब्ध गराए वा नगराएको सम्बन्धमा पनि सबै प्रदेशले पूर्ण अङ्क पाएका छन् । अर्थात् सबैले समयभित्रै यस्तो रकम उपलब्ध गराएको देखिएको छ ।
त्यस्तै प्रदेशहरूले पुस मसान्तसम्म चालु आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पठाए नपठाए भन्ने सूचकमा पनि सबैले विवरण पठाएको भेटिएको छ । यसमा पनि सबैले पूर्णाङ्क बराबर अर्थात् ५ अङ्क पाएका छन् ।
त्यसबाहेक वित्त आयोगले तयार पारेको वेभसाइटमा विवरण प्रविष्ट गरेको सम्बन्धमा पनि सबै प्रदेशले पूर्ण अङ्क पाएका छन् । यसका लागि १० अङ्क तोकिएको छ ।
त्यसबाहेक मधेस प्रदेश बाहेक अरू सबैले गत आर्थिक वर्षको बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र अर्थ मन्त्रालयमा बुझाएर ५/५ अङ्क पाएका छन् । मधेसले भने विवरण नबुझाएका कारण शून्य अङ्क पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण