बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

निर्वाचन आयोगमा सामग्री ढुवानी तयारी र वितरण धमाधम

बिहीबार, २९ माघ २०८२, १५ : २८
बिहीबार, २९ माघ २०८२

सारांश

  • निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पारेको छ।
  • आयोगले मतपेटिका र अन्य सामग्री जिल्लाहरूमा पठाउन सुरु गरिसकेको छ।
  • केन्द्रबाट नौ र जिल्लामा ३७ प्रकारका निर्वाचन सामग्री व्यवस्थापन गरिनेछ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सामग्री ढुवानी र तयारी तीव्र पारेको छ।

election materials (6)

आयोग अनुसार अघिल्लो हप्तादेखि मतपेटिका तथा अन्य प्राथमिक सामान जिल्लातिर ढुवानी सुरु भइसकेको छ। त्यसै गरी छाप, स्टेसनरी र थप आवश्यक सामग्रीहरू पनि चाँडै उपलब्ध भई निर्वाचन क्षेत्रहरूमा पठाउन थालिनेछ। 

election materials (3)

आयोगले केन्द्रबाट नौ प्रकारका निर्वाचन सामग्री पठाउने र जिल्लामा ३७ प्रकारका सामग्री व्यवस्थापन गरिने जनाएको छ।

निर्वाचन तयारीमा समन्वय, भण्डारण तथा रसद व्यवस्थापनमा छिटो र पारदर्शी प्रक्रिया अपनाउन आयोगले जोड दिएको छ। 

election materials (1)election materials (2)election materials (4)election materials (5)election materials (7)election materials (8)election materials (9)election materials (10)election materials (11)

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप