शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै आजपा
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र लेखनकार्य सम्पन्न भएकाले पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।
काठमाडौँको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको आजपा कार्यालय सदस्य रविन्द्र सिंहले जनाएका छन् ।
आजपा अध्यक्ष प्रभु साह, नेता ऋषि धमला लगायतको विशेष उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको छ । लुटकारी व्यवस्था, दलाल दलतन्त्र, भ्रष्टाचार, सरकारपिच्छेको कर आतङ्क विरुद्धमा सङ्घर्ष गर्दै आएको आजपाले शासन व्यवस्थामा आम जनताको सहभागिताका लागि आन्दोलन गर्दै आएको पार्टी हो ।
अहिलेको व्यवस्था नै खराब भएकाले मुलुकको अवस्था पनि खराब भएको निष्कर्ष सहित आजपाले भ्रष्ट, दलाल एवं लुटकारी व्यवस्थाको आन्दोलन गर्दै आएको छ । जेनजी आन्दोलनलाई खुलेर समर्थन गर्ने र सो आन्दोलनलाई संस्थागत गर्नुपर्ने आवाज उठाउँदै आएका आजपा अध्यक्ष साहले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने बताउँदै आएका छन् ।
उनले जेनजी आन्दोलन हाईज्याक भएको बताउँदै जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, हाईज्याकरका विरुद्धमा आवाज उठाउँदै जेनजी आन्दोलनलाई संस्थागत गर्न खोज्ने आजपाका उम्मेदवारलाई मतदान गर्नुपर्ने चुनावी भेटघाट, छलफलमा भन्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण