शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा नक्कली हजारका १४ थान नोटसहित दुई जना पक्राउ

शुक्रबार, ०१ फागुन २०८२, ०९ : २५
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • रौतहटमा नक्कली हजार दरका १४ थान नोटसहित दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा वृन्दावनका दिनेश पटेल र सर्लाहीका विवेक प्रसाद यादव रहेका छन्।
  • प्रहरीले उनीहरूको साथबाट १४ थान नक्कली नोट बरामद गरी थप अनुसन्धान थालेको छ।

रौतहट । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका–१ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा वृन्दावन–२ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार पसल सञ्चालकले दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा दिनेश पटेलको गोजीबाट हजार दरका १२ थान र विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान गरी जम्मा १४ थान नक्कली नोट बरामद गरेको जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप