निर्वाचन सुरक्षा र व्यवस्थापन चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताएकी छन्। मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि प्रधानमन्त्रीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरेकी हुन् ।
नाम्चे र सल्लेरी जस्ता हिमाली तथा पहाडी क्षेत्रमा सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग गरिएको छलफलले निर्वाचनका लागि वातावरण अनुकूल रहेको पुष्टि गरेको उनको भनाइ छ । तराईका केही स्थानमा जनसंख्याको चापका कारण सामान्य हुलदङ्गा र बुथ कब्जा हुनसक्ने सम्भावना रहे पनि समग्रमा सुरक्षा स्थिति नियन्त्रणमै रहेको जिकिर गरिन् ।
पहाडमा भने ढुवानी र निरीक्षणमा भौगोलिक कठिनाइ भएपनि शान्तिपूर्ण वातावरण देखिएको उनको भनाइ छ ।
उनले निर्वाचन आयोग र गृह मन्त्रालयले मौसमविद्हरूसँग नियमित समन्वय गरिरहेको र फागुनको तेस्रो हप्तासम्म मौसम अनुकूल रहने प्रक्षेपण गरिएकाले हिमपातको जोखिम कम रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
-
टिकौली जंगल क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि सेवा विस्तारको काम सुरु
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण