कसैले नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : गगन थापा
सारांश
- कांग्रेस सभापति गगनकुमार थापाले नयाँ पार्टीमा भोट हाल्ने चाहना राख्नेहरूका लागि कांग्रेस नै उपयुक्त रहेको बताए।
- उनले युवा पुस्तालाई देशको नेतृत्व लिन र कांग्रेसलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
- थापाले सर्लाहीको शिक्षा, स्वास्थ्य र सिँचाइको समस्या समाधान गर्न युवाहरूलाई कांग्रेसलाई जिताउन आग्रह गरे।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’
उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेपछि खुसी लागेको बताए । उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए । उनले भने, ‘सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् । तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुसी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’
थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनुपर्ने बताए । उनले भने, ‘अहिले सर्लाही लगायतका मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र सिचाइँ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ । त्यसका लागि युवाहरूले एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु ।’
उनले अब कांग्रेसले घोषणा पत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘त्यसमा सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा रहोस् भनेर म आज काठमाडौँ जाँदैछु । म फेरि आउनेछु ।’
उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे । ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ’, सभापति थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण