मेयर कप राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको टोली घोषणा
शनिबार, ०२ फागुन २०८२, ०४ : ४६
सारांश
- सुदूरपश्चिमको क्रिकेट टोली मेयर कप राष्ट्रिय प्रतियोगिताका लागि तयार भयो।
- किरनकुमार ठगुन्नाको नेतृत्वमा १४ खेलाडी छनोट गरियो।
- प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले दुई लाख पाउनेछन्।
बैतडी । मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा, किरन धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशिल रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दिपक टमटा रहेका छन् ।
उक्त टोलीले गैँडाकोट नगरपालिका, नवलपरासीको प्रवर्द्धन, नव जागरण ग्रामीण विकास केन्द्रको आयोजना तथा नवलपुर जिल्ला क्रिकेट सङ्घको सह–आयोजनामा हुन लागेको पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ । प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण