निर्वाचनमा बालबालिका प्रयोग नगर्न प्रशासनको निर्देशन
सारांश
- रौतहट जिल्ला प्रशासनले निर्वाचनमा बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न आग्रह गरेको छ।
- आगामी निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
- बालबालिकालाई राजनीतिक प्रभाव र शोषणबाट जोगाउनु सबैको दायित्व हो।
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनका क्रममा बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा प्रयोग नगर्न आग्रह गरेको छ। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवले शुक्रवार एक प्रेस विज्ञप्ति जारी उक्त आग्रह गरेका हुन।बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक–शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल तथा सम्पूर्ण समाजको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पनि बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको सूचनामा जनाइएको छ।
निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा बालमैत्री, मर्यादित र कानुनसम्मत बनाउन सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई बालबालिकालाई चुनावी सभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि गतिविधिमा प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण