इन्जिनियरिङ क्षेत्रका एजेन्डा घोषणापत्रमा समेट्न माग
सारांश
- नेपाल इन्जिनियर्स एसोसिएसनले फागुन २१ मा हुने निर्वाचनका लागि राजनीतिक दलहरूलाई एजेन्डा बुझायो।
- एसोसिएसनले इन्जिनियरिङ पेशाको सुदृढीकरण, रोजगारी सुनिश्चितता लगायतका विषयहरू उठाएको छ।
- विभिन्न दलका नेताहरूले सुझावलाई सकारात्मक रूपमा लिई घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता जनाए।
ललितपुर । देशका प्रमुख राजनीतिक दलहरूलाई नेपाल इन्जिनियर्स एसोसिएसनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण नीति–एजेन्डा बुझाएको छ ।
एसोसिएसनको प्रतिनिधिमण्डलले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेतृत्वसँग भेट गरी इन्जिनियरिङ पेशाको सुदृढीकरण, युवा इन्जिनियरहरूको रोजगारी सुनिश्चितता, न्यूनतम पारिश्रमिक निर्धारण, इन्जिनियरिङ स्टाफ कलेज स्थापना, सार्वजनिक निकायमा प्राविधिक दरबन्दी कायम तथा सार्वजनिक खरिद अनुगमन प्रणाली सुदृढीकरणलगायतका विषय समेटिएको विस्तृत एजेन्डा हस्तान्तरण गरेको हो ।
प्रतिनिधिमण्डलको नेतृत्व नेपाल इन्जिनियर्स एसोसिएसनका उपाध्यक्ष इन्जिनियर प्रकाश केसीले गरेका थिए, उनले मुलुकको पूर्वाधार विकास, सुशासन र आर्थिक समृद्धिका लागि दक्ष प्राविधिक जनशक्तिको प्रभावकारी उपयोग अनिवार्य रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले इन्जिनियरिङ क्षेत्रका मुद्दालाई आफ्नो घोषणापत्रमा प्राथमिकताका साथ समेट्नुपर्ने धारणा राखे ।

एसोसिएसनका अनुसार प्रस्तुत एजेन्डामा इन्जिनियर तथा आर्किटेक्टहरूको प्रारम्भिक सेवा प्रवेश सातौं तह सुनिश्चित गर्नुपर्ने, सरकारी तथा अर्धसरकारी निकायमा इन्जिनियर दरबन्दी अनिवार्य कायम गर्नुपर्ने, युवा इन्जिनियरहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने तथा न्यूनतम मासिक पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ कार्यान्वयन गर्नुपर्नेजस्ता विषय समावेश छन्।
भेटघाटका क्रममा विभिन्न दलका नेताहरूले इन्जिनियरिङ क्षेत्रको भूमिकाको प्रशंसा गर्दै प्रस्तुत सुझावहरूलाई सकारात्मक रूपमा अध्ययन गरी सम्भव भएसम्म घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेको एसोसिएसनले जनाएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले आगामी दिनमा पनि राष्ट्र निर्माणमा प्राविधिक क्षेत्रको सशक्त भूमिका सुनिश्चित गर्न नीति–निर्माण तहसँग निरन्तर संवाद जारी राख्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण