वेस्ट इन्डिजविरुद्ध जितको खोजीमा नेपाल, समूह चरणको तेस्रो खेल आज
सारांश
- नेपालले टी-२० विश्वकपमा वेस्ट इन्डिजसँग खेल्दै छ, जुन खेल मुम्बईमा हुँदैछ।
- लगातार दुई खेल हारेको नेपाल पहिलो जितको खोजीमा छ, जसले सेमिफाइनलको सम्भावना जीवित राख्न मद्दत गर्नेछ।
- वेस्ट इन्डिजले भने दुवै खेल जितेर राम्रो लय कायम गरेको छ, र यो खेल नेपालका लागि चुनौतीपूर्ण हुनेछ।
काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल आज (आइतबार) शक्तिशाली वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान सवा ११ बजे मुम्बईस्थित वानखेडे स्टेडियम मा सुरु हुनेछ ।
लगातार दुई खेलमा पराजय बेहोरेको नेपाल आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाल यसअघि इंग्ल्याण्ड र इटालीसँग पराजित भएको थियो । त्यसैले सेमिफाइनल सम्भावना जीवित राख्न वेस्ट इन्डिजविरुद्धको खेल नेपालका लागि ‘गर या मर’ को स्थितिमा पुगेको छ ।
यता वेस्ट इन्डिज भने उत्कृष्ट लयमा देखिएको छ । उसले आफ्ना दुवै खेल जित्दै समूह ‘सी’ को शीर्ष स्थानमा कब्जा जमाएको छ । वेस्ट इन्डिजले इंग्ल्याण्ड र स्कटल्यान्डलाई पराजित गर्दै आत्मविश्वास उच्च बनाएको छ ।
यद्यपि, केही गत सेप्टेम्बरमा शारजाहमा भएको दुई देशबिचको पहिलो टी–२० शृङ्खलामा नेपालले वेस्ट इन्डिजलाई २–१ ले पराजित गरेको थियो । तर, त्यो वेस्ट इन्डिज टोलीमा अधिकांश मुख्य खेलाडी अनुपस्थित थिए । यसपटक भने पूर्ण शक्तिसहित मैदान उत्रने वेस्ट इन्डिज नेपालका लागि अझ कडा चुनौती बन्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण