शरीरमा प्रोटिनको कमीका ४ संकेत थाहा पाउनुहोस्
सारांश
- शरीरमा प्रोटिनको कमी हुँदा थकान, कपाल झर्ने र नङ कमजोर हुने जस्ता समस्या देखिन्छन्।
- प्रोटिनको कमीले मांसपेशी कमजोर, मेटाबोलिज्म सुस्त र रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ।
- विशेषज्ञहरूका अनुसार वयस्कहरूले दैनिक आफ्नो शरीरको तौल प्रति किलो १ देखि १.२ ग्राम प्रोटिन लिनुपर्छ।
काठमाडौँ । के तपाईं खाना खाएपछि थकान महसुस गर्नुहुन्छ वा तपाईंको कपाल र नङहरू कमजोर भइरहेका छन् ? यसको कारण शरीरमा प्रोटिनको कमी हुन सक्छ । प्रोटिनले मेटाबोलिज्म, हर्मोन सन्तुलन, रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
छाला रोग विशेषज्ञ डा. तानिया उप्रेतीका अनुसार जब खानपानमा प्रोटिनको मात्रा कम हुन्छ, तब शरीरले मांसपेशीहरूलाई टुक्राएर प्रोटिनको आवश्यकता पूरा गर्न थाल्छ । यसको असर बिस्तारै शरीरको ऊर्जा, शक्ति र समग्र स्वास्थ्यमा पर्छ ।
अपर्याप्त प्रोटिनले मांसपेशी कमजोर र मेटाबोलिज्म सुस्त बनाउँछ ।
लगातार थकान
प्रोटिन कम हुँदा शरीरमा ऊर्जा घट्छ, मांसपेशीहरू कमजोर हुन्छन् र मेटाबोलिज्म सुस्त हुन सक्छ । यसले गर्दा एकाग्रतामा कमी र स्वभाव (मुड) मा परिवर्तन आउन सक्छ ।
पटक–पटक भोक लाग्नु
प्रोटिनले पेटलाई धेरै बेरसम्म भरिएको महसुस गराउँछ । कम प्रोटिन र धेरै कार्बोहाइड्रेट भएको खाना खाँदा रगतमा चिनीको मात्रा ब्लड सुगर तीव्र रूपमा तल माथि हुन्छ, जसले गर्दा चाँडै भोक लाग्छ ।
कपाल र नङ कमजोर हुनु
कपाल पातलो हुनु र नङ भाँचिनु प्रोटिनको कमीका लक्षण हुन् । यसका साथै छाला सुक्खा हुनु पनि प्रोटिनको कमीको प्रारम्भिक संकेत हुन सक्छ ।
बारम्बार बिरामी पर्नु
प्रोटिनले शरीरमा एन्टिबडी र इन्जाइमहरू बनाउन मद्दत गर्छ । यसको कमीले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, जसका कारण बिरामी पर्दा निको हुन धेरै समय लाग्छ।
कति प्रोटिन आवश्यक छ ?
विशेषज्ञहरूका अनुसार वयस्कहरूले दैनिक आफ्नो शरीरको प्रतिकिलो तौल बराबर १ देखि १.२ ग्राम प्रोटिन लिनुपर्छ।
प्रोटिन कम हुँदा ऊर्जा घट्छ, मांसपेशीहरू कमजोर हुन्छन् र मेटाबोलिज्म (पाचन प्रक्रिया) सुस्त हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण