नयाँ सरकारको शपथ ग्रहणमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा ढाकामा
सारांश
- परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन ढाका पुगेका छन्।
- हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री शर्मालाई बंगलादेशका अधिकारीहरूले स्वागत गरे।
- प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशको निर्वाचनमा बधाई दिँदै दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरिन्।
ढाका । बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार राति ढाका पुगेका छन्।
हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शर्मा र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको परराष्ट्र मन्त्रालयका सचिव डा. मोहम्मद नजरुल इस्लामले भव्य स्वागत गरेका थिए। बंगलादेशमा सम्पन्न १३ औँ संसदीय निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई बधाई दिएकी थिइन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई चुनावी विजयतर्फ डोर्याएकोमा तारिक रहमानलाई विशेष बधाई समेत ज्ञापन गरेकी थिइन्।
उनले आफ्नो सन्देशमा बीएनपीको जितलाई 'सराहनीय' भन्दै दुई देशबिचको सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण