स्विट्जरल्यान्डमा रेल दुर्घटना, ५ जना घाइते
सारांश
- दक्षिणी स्विट्जरल्यान्डमा रेल लिकबाट खस्दा पाँच जना घाइते भए, भारी हिमपात भइरहेको बेला दुर्घटना भएको हो।
- प्रारम्भिक अनुसन्धानले हिमपहिरोले पटरी छेकेको हुनसक्ने आशंका गरिएको छ, घटनाबारे अनुसन्धान सुरु भएको छ।
- अल्प्स क्षेत्रमा हिमपहिरोका कारण फ्रान्स र इटालीमा पनि मानवीय क्षति भएको छ, जसले जोखिमपूर्ण अवस्था सिर्जना गरेको छ।
जेनेभा । दक्षिणी स्विट्जरल्यान्डमा क्षेत्रीय रेल लिकबाट खस्दा पाँच जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार दुर्घटना सोमबार गोप्पेनस्टाइन नजिकै भारी हिमपात भइरहेका बेला समुद्री सतहबाट करिब १ हजार २१६ मिटर उचाइमा भएको हो ।
प्रारम्भिक अनुसन्धानमा रेल गुड्नुअघि हिमपहिरोले पटरी छेकेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे सरकारी अभियोजक कार्यालयले अनुसन्धान थालेको छ । ‘पाँच जना घाइते भएका छन्, घाइतेमध्ये एक जनालाई अस्पताल लगिएको छ,’ प्रहरीले भनेको छ । यो घटना अल्प्स क्षेत्रमा पछिल्ला दिनमा देखिएको घातक हिमपहिरो शृङ्खलापछि भएको हो ।
शुक्रबार फ्रान्सको भाल द इजेर स्की रिसोर्टमा हिमपहिरोले बगाउँदा ३ जना स्कियरको मृत्यु भएको थियो । त्यसमध्ये एक फ्रान्सेली नागरिक र अन्य दुई विदेशी रहेको अधिकारीहरूले बताएका छन् । इटालीमा पनि पछिल्लो सात दिनमा पहाडी क्षेत्रमा १३ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ ।
मर्नेमध्ये १० जनाको ज्यान हिमपहिरोमा परेर गएको थियो । हालको कमजोर हिम तह, आँधीका कारण थुप्रिएको हिउँ र नयाँ हिमपातले अल्प्स क्षेत्रमा अत्यन्त जोखिमपूर्ण अवस्था सिर्जना गरेको विशेषज्ञहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण