बङ्गलादेशमा नवनिर्वाचित सांसदहरूले लिए शपथ, नयाँ सरकार गठनको तयारी
सारांश
- बंगलादेशमा १३औँ संसदीय निर्वाचनबाट निर्वाचित सांसदहरूले शपथ लिएका छन्।
- निर्वाचन आयोगले २९७ सिटको आधिकारिक नतिजा राजपत्रमा प्रकाशित गरेको थियो।
- नयाँ सरकारलाई राष्ट्रपतिले शपथ गराउने कार्यक्रम तय गरिएको छ, जसमा बीएनपीले बहुमत हासिल गरेको छ।
ढाका । बङ्गलादेशको १३औँ संसदीय निर्वाचनबाट निर्वाचित सांसदहरूले मंगलबार बिहान राष्ट्रिय संसद् भवनको साउथ प्लाजामा पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले सांसदहरूलाई शपथ गराएका हुन् ।
निर्वाचित सांसदहरू बिहान ९ बजेदेखि संसद् परिसरमा प्रवेश गर्न थालेका थिए । कार्यक्रममा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमान पनि आफ्नी पत्नी र छोरीसहित सहभागी भएका थिए । सांसदहरूले पदको शपथसँगै संविधान सुधार परिषद्का सदस्यका रूपमा पनि जिम्मेवारी लिने जनाइएको छ ।
निर्वाचन आयोगले शुक्रबार राति २९९ मध्ये २९७ सिटको आधिकारिक नतिजा राजपत्रमा प्रकाशित गरेको थियो । शपथ ग्रहण समारोहमा एक दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूको पनि सहभागिता रहेको बताइएको छ । मंगलबार दिउँसो ४ बजे राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले संसदकै साउथ प्लाजामा नयाँ सरकारलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
निर्वाचन परिणामअनुसार बीएनपीले २०९ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ । यस्तै, पहिलो पटक जमात–ए–इस्लामी ६८ सिटसहित मुख्य प्रतिपक्षी दल बन्ने भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण