बिदा हुँदै गर्दा मोहम्मद युनुसले नेपालबारे के भने ?
सारांश
- मोहम्मद युनुसले १८ महिने कार्यकालमा बंगलादेशको सार्वभौमसत्ता र प्रतिष्ठा पुनर्स्थापित गरेको दाबी गरे।
- उनले बंगलादेशको परराष्ट्र नीतिलाई स्वतन्त्र र मर्यादित बनाउन सफल भएको बताए, जसले दक्षिण एसियामा आर्थिक अवसरहरू सिर्जना गर्यो।
- युनुसले क्षेत्रीय सहयोग र कनेक्टिभिटी विस्तार गर्न सके बंगलादेशको विकासले नयाँ उचाइ लिने कुरा उल्लेख गरे।
ढाका । बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो १८ महिने कार्यकालले देशको सार्वभौमसत्ता, राष्ट्रिय हित र प्रतिष्ठालाई पुनः स्थापित गरेको दाबी गरेका छन् ।
मंगलबार सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले अब बंगलादेश कसैको अर्ती र उपदेशमा चल्ने ‘दबिएको’ राष्ट्र नरहेको स्पष्ट पारे । उनले आफ्नो कार्यकालमा बंगलादेशको परराष्ट्र नीतिलाई स्वतन्त्र र मर्यादित बनाउन सफल भएको जिकिर गरे।
सम्बोधनका क्रममा युनुसले बंगलादेशको खुला समुन्द्रलाई ठूलो ‘रणनीतिक सम्पत्ति’ का रूपमा चित्रण गर्दै यसले दक्षिण एसियाली क्षेत्रमा आर्थिक अवसरका ढोकाहरू खोलेको बताए। उनले नेपाल, भुटान र उत्तर-पूर्वी भारतलाई समेट्ने गरी क्षेत्रीय सहयोग र कनेक्टिभिटी विस्तार गर्न सकेमा बंगलादेशको विकासले नयाँ उचाइ लिने उल्लेख गरे । ‘हाम्रो खुला समुन्द्र केवल भौगोलिक सीमा मात्र होइन, यो विश्व अर्थतन्त्रमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण ढोका हो,’ उनले भने।
सन् २०२४ अगस्टदेखि सुरु भएको युनुसको अन्तरिम शासन मंगलबार नयाँ सरकारको शपथ ग्रहणसँगै समाप्त हुँदैछ। फेब्रुअरी १२ मा भएको १३औँ संसदीय निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले २९७ मध्ये २०९ सिट जितेर भारी बहुमत हासिल गरेको छ।
पदबाट बिदा लिँदै युनुसले पार्टी, धर्म र जातभन्दा माथि उठेर एउटा न्यायपूर्ण, मानवीय र लोकतान्त्रिक बंगलादेश निर्माणको अभियानमा जुट्न सबै नागरिकलाई आह्वान समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण