सुर्खेतमा जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ
मङ्गलबार, ०५ फागुन २०८२, १३ : ३३
सारांश
- सुर्खेतमा एक युवकलाई ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।
- वीरेन्द्रनगर नगरपालिका-१ का २३ वर्षीय बिमल विकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।
- पीडित महिलाको उजुरीको आधारमा प्रहरीले विकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
सुर्खेत । सुर्खेतमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका-१ बस्ने २३ वर्षीय बिमल विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका विकमाथि प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण