सामराको शतक खेर, न्युजिल्यान्ड अर्को चरणमा
सारांश
- टी-२० विश्वकपमा न्युजिल्यान्डले क्यानडालाई ८ विकेटले पराजित गर्यो।
- क्यानडाले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.१ ओभरमा पूरा गर्यो, रचिन र ग्लेनले अर्धशतक बनाए।
- युवराज सामराको शतकको बाबजुद क्यानडा जितविहीन रह्यो, न्युजिल्यान्ड सुपर ८ मा प्रवेश गर्यो।
चेन्नई । टी–२० विश्वकपको समूह 'डी' अन्तर्गतको खेलमा न्युजिल्यान्डले 'गर या मर'को खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको छ ।
युवराज सामराको सानदार शतकको मद्दतमा क्यानडाले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य न्युजिल्यान्डले १५।१ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । टोलीलाई जित दिलाउन रचिन रवीन्द्र र ग्लेन फिलिप्सले अर्धशतकीय पारी खेले । दुवैले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए ।
फिलिप्सले विस्फोटक ब्याटिङ गर्दै मात्र ३६ बलमा ७६ रन जोडे । उनले ४ चौका र ६ छक्का हिर्काए । रवीन्द्रले ३९ बलमा ५९ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए । फिन एलनले ८ बलमा २१ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । टिम सेफर्ट भने ६ रन बनाएर आउट भए । क्यानडाका लागि डिलोन हेलिगर र साद बिन जाफरले १–१ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । सामराले ६५ बलमा ११० रनको योगदान दिए । उनले यसक्रममा ११ चौका र ६ छक्का हिर्काए । यो टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको उच्च स्कोर पनि हो ।
उनले पहिलो विकेटका लागि कप्तान दीलप्रित बाजवासँग मिलेर ८४ बलमा ११६ रनको साझेदारी गरे । बाजवाले ३९ बलमा ४ चौकाको मद्दतले ३६ रन बनाए । त्यस्तै, नवनित धलिवालले ७ बलमा १० रन जोडे । न्युजिल्यान्डका लागि जेकब डफी, जेम्स निसम, म्याट हेनरी र कायल जेमिसनले १–१ विकेट हात पारे ।
समूहमा दक्षिण अफ्रिका ३ खेलबाट ६ अङ्क बटुल्दै सुपर ८ मा प्रवेश गरिसकेको छ । न्युजिल्यान्डले पनि अब ४ खेलबाट ६ अङ्क बटुल्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ । क्यानडा भने हालसम्म जितविहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण