हमासले गर्यो ६० दिने अल्टिमेटम अस्वीकार
सारांश
- हमासले इजरायली अधिकारीको ६० दिने अल्टिमेटम अस्वीकार गर्यो, जसले हतियार त्याग्न चेतावनी दिएको थियो।
- इजरायलले युद्ध फेरि सुरु गर्ने चेतावनी दिएपछि हमासका नेताले धम्कीलाई वार्तासँग असम्बन्धित भनेका छन्।
- गाजामा युद्धविराम र हतियार नियन्त्रणबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको बैठक फेब्रुअरी १९ मा हुने सम्भावना छ।
रफाह । हमासले इजरायली सरकारका एक अधिकारीको ६० दिने अल्टिमेटम अस्वीकार गरेको छ । नेतन्याहुका एक जना सहयोगीले सो समूहलाई ६० दिन भित्रमा हतियार त्याग्न चेतावनी दिएको थियो ।
इजरायली मन्त्रिपरिषद्का सचिव योसी फुक्सले चेतावनी उल्लङ्घन भए इजरायलको जनसंहार युद्ध फेरि सुरु गरिने चेतावनी दिएका थिए । तर हमासका वरिष्ठ नेता महमूद मर्दावीले यसबारे जानकारी नभएको बताएका छन् ।
‘प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मिडियामार्फत गरिएका बयानहरू केवल धम्की हुन् र हाल चलिरहेका वार्तासँग यसको कुनै सम्बन्ध छैन ।’ मर्दावीले अल जाजिरा मुबाशरसँगको अन्तर्वार्तामा भनेका थिए ।
यसअघि सोमबार जेरुसलममा आयोजित सम्मेलनमा नेतन्याहूका सहायक फुक्सले हमासले ६० दिनभित्र शस्त्र त्याग गरेन भने गाजामा युद्ध फेरि सुरु गर्ने भनेका थिए । अमेरिकी प्रशासनले यो समयावधि माग गरेको र इजरायलले त्यसको सम्मान गर्दै आएको पनि फुक्सले बताएका थिए ।
अल्टिमेटम कहिले सुरु हुनेछ भन्ने निश्चित नभएको तर फेब्रुअरी १९ मा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकसँगै सुरु हुनसक्ने उनको भनाइ थियो ।
बैठकमा गाजाको पुनर्निर्माण योजना र हतियार नियन्त्रणको विषयमा छलफल हुने बताइएको छ । युद्धको धम्कीले क्षेत्रीय रूपमा गम्भीर परिणाम निम्त्याउने चेतावनी मर्दावीले दिएका छन् । आफूहरूले प्यालेस्टिनी जनताको हार स्वीकार नगर्ने पनि उनले बताए ।
जनवरी मध्यदेखि सुरु भएको युद्धविराम सम्झौतामा अमेरिकाले हमासको निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय शान्ति सेनाको तैनाथी सुनिश्चित गर्ने योजना बनाएको छ । तर इजरायलले गाजामा कब्जा जमाउँदा सम्म आफूले हतियार नत्याग्ने हमासले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण