निर्वाचन तयारी
कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो प्रतिज्ञापत्र अनुमोदन
बुधबार, ०६ फागुन २०८२, १२ : १२
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र अनुमोदन गर्यो।
- बुधबारको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको पार्टीका मुख्य सचिवले जानकारी दिए।
- सभापति गगन थापाले जनकपुरमा हुने चुनावी सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ ।
बुधबार बिहान ११ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु हुने कांग्रेस मधेस प्रदेश समितिले जानकारी दिएको छ ।
कांग्रेसले यसपटक भिजन १० को अवधारणामा घोषणापत्र ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण