सहमति भए चुनाव स्थगन गर्न सकिन्छ, राप्रपा चुनावबाट पछि हट्दैन: खुश्बु ओली
सारांश
- राप्रपा नेतृ खुश्बु ओलीले राष्ट्रिय सहमति भए निर्वाचन स्थगित गर्न सकिने बताइन्।
- ओलीले राप्रपा सुरुदेखि नै सहमतिको पक्षमा रहेको र राजाको पछिल्लो वक्तव्य पनि सोही दिशामा रहेको उल्लेख गरिन्।
- उनले राप्रपालाई चुनाव नलड्ने वातावरण बनाउन खोजिएको र यसको उद्देश्य सदनमा राष्ट्रवादी कित्ता कमजोर पार्नु रहेको आरोप लगाइन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले राष्ट्रिय सहमति निर्माण भए निर्वाचन केही समय स्थगन गर्न सकिने बताएकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले राप्रपा सुरुदेखि नै सहमतिमा आधारित समाधानको पक्षमा रहेको बताइन् । उनले राजाबाट आएको पछिल्लो वक्तव्य पनि यही लाइनमा रहेको उल्लेख गरिन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुदेखि नै स्पष्ट रूपमा भन्दै आएको छ कि यदि राष्ट्रिय सहमति निर्माण हुन्छ भने निर्वाचन केही समय स्थगन गरेर पनि देशलाई सहमतिको मार्गतर्फ लैजान सकिन्छ र राजाबाट आज आएको वक्तव्यमा पनि त्यही नै छ । तर केही शक्तिहरूले राजाबाट व्यक्त धारणा अपव्याख्या गर्दै राप्रपाले चुनाव नलडोस् भन्ने वातावरण बनाउन खोजेका छन् ताकि त्यो सदनमा राष्ट्रवादी कित्ता नै नरहोस्’, उनले लेखेकी छन् ।
उनले केही शक्तिहरूले राप्रपाको धारणा अपव्याख्या गर्दै पार्टीलाई चुनाव नलड्ने वातावरण बनाउन खोजेको आरोप पनि उनले लगाएकी छन्
उनले केही शक्तिहरूले राप्रपाको सहभागिता रोक्न खोज्नुको कारण सदनमा राष्ट्रवादी कित्ता कमजोर पार्ने उद्देश्य भएको दाबी गरिन् ।
‘राप्रपा चुनाव लड्नु भनेको त्यो सदनमा हिन्दु राष्ट्रको पक्षमा स्पष्ट आवाज उठाउनु, असफल र खर्चिलो प्रदेश संरचनामाथि पुनर्विचारको बहस सुरु गर्नु, राजसंस्थाबारे जनतालाई निर्णय गर्ने अधिकार दिनु, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अडान लिनु र देशको निर्णय देशभित्रै नेपाली जनताले नै गर्ने स्वाभिमानी धारणा स्थापित गर्नु हो। भ्रष्टाचारीहरू हाम्रो इमानदारी र राष्ट्रवादसँग डराइरहेका छन्’, फेसबुकमा उनले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण