डीएमआईएफ डिजाइनर रनवेमा पोखराकी मारुफा खातुनले चुमिन् उपाधि
सारांश
- ललितपुरमा 'डीएमआईएफ डिजाइनर रनवे २०२६' सम्पन्न भयो, जसमा मारुफा खातुनले मुख्य उपाधि जितिन्।
- प्रतियोगितामा सोनी शाह 'फर्स्ट रनर अप' र प्रतिमा क्षेत्री 'सेकेन्ड रनर अप' घोषित भए।
- बुटवल, मुम्बई, नवलपरासी र कैलालीका प्रतिस्पर्धीहरूले विभिन्न विधामा अवार्ड जिते।
ललितपुर । ललितपुरको कुपण्डोलस्थित 'ड्रिम इन्स्टिच्युट अफ मोडलिङ एन्ड फेशन' (डिएमआईएफ) को आयोजनामा शनिबार कोटेश्वरको होटल ए-वानमा 'डीएमआईएफ डिजाइनर रनवे २०२६' भव्य रूपमा सम्पन्न भएको छ।
फेशन डिजाइनमा भविष्य खोजिरहेका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको मुख्य उपाधि पोखराकी मारुफा खातुनले हात पारेकी छिन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधिसँगै नगद पुरस्कार र कदर-पत्र प्राप्त गरिन्।
प्रतियोगितामा महोत्तरीकी सोनी शाह 'फर्स्ट रनर अप' र ललितपुरकी प्रतिमा क्षेत्री 'सेकेन्ड रनर अप' घोषित भए। मुख्य विधाका साथै अन्य विभिन्न शीर्षकमा पनि अवार्डहरू प्रदान गरिएको थियो। जसअन्तर्गत बुटवलकी सविना खत्रीले 'बेस्ट क्रिएटिभ डिजाइन', मुम्बईकी जेनी कपुरले 'बेस्ट वाक', नवलपरासीकी मञ्जिला तिवारीले 'बेस्ट पर्फमेन्स' र कैलालीकी रुपा कुँवरले 'बेस्ट स्टाइल' को अवार्ड जितेका छन्।
कार्यक्रममा फेशन जगतका हस्ती राजेश धाख्वा प्रमुख अतिथिको रूपमा सहभागी थिए भने मनिषा श्रेष्ठ, समीर सिंह क्षेत्री र निशा सुवेदी निर्णायक मण्डलमा रहेका थिए। मिस मङ्गोल नेपाल २०२४ की विजेता एन्जल राईले कार्यक्रमको सञ्चालन गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण