अमेरिकाले क्षेत्रीय संकटको जोखिम बढायो: इरान
सारांश
- इरानले अमेरिकाले परमाणु सम्झौताका लागि छोटो समय दिएर क्षेत्रीय संकट बढाएको आरोप लगाएको छ।
- इरानले अमेरिकालाई चेतावनी दिँदै आफूमाथि आक्रमण भए सैन्य आधार र संरचनालाई 'वैध लक्ष्य' मान्ने बताएको छ।
- ट्रम्पले सम्झौताका लागि इरानलाई १० देखि १५ दिनको समय दिएका छन्, जसले मध्यपूर्वमा तनाव बढाउने संकेत गरेको छ।
तेहरान । अमेरिकाले परमाणु सम्झौताका लागि १०/१५ दिनको मात्रै समय दिएर क्षेत्रीय संकटको जोखिम बढाइरहेको इरानले बताएको छ । अमेरिकाले सम्भावित सैन्य कदमको चेतावनी दिँदै इरानलाई छिटोभन्दा छिटो सम्झौता गर्न दबाब दिइरहँदा इरानबाट यस्तो अभिव्यक्ति आएको हो ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावानीले सुरक्षा परिषद् र महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्तिलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन् ।
इराबानीले विशेष रूपमा ट्रम्पले हिन्द महासागरस्थित चागोस टापुका हवाई अड्डा प्रयोग गरेर इरानमाथि सम्भावित आक्रमण गर्न सक्ने संकेत गरेको विषय पत्रमा उल्लेख गरेका छन् । क्षेत्रीय अवस्था पहिले नै संवेदनशील रहेको र अमेरिकाले सैन्य सामग्री तथा शक्ति थपिरहेको भन्दै यस्तो उत्तेजक भनाइलाई सामान्य वक्तव्य ठान्न नहुने उनले बताए ।
इरानले आफू युद्ध वा तनाव खोजिरहेको भन्दै युद्ध सुरु नगर्ने दोहोर्याएको छ । तर केहीगरी आफूमाथि आक्रमण भयो भने अमेरिकासँग सम्बन्धित सबै सैन्य आधार, संरचना र सम्पत्तिलाई ‘वैध लक्ष्य’ मानिने चेतावनी उसले दिएको छ । यता राष्ट्रपति ट्रम्पले भने इरानलाई अमेरिकासँग अर्थपूर्ण सम्झौता गर्न १० देखि १५ दिनको समयसीमा दिएका छन् । वासिङ्टनमा नवगठित बोर्ड अफ पिस (शान्ति समिति)को पहिलो औपचारिक बैठकका क्रममा उनले आवश्यक परे थप कडा कदम चाल्न सकिने संकेत गरे ।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौताका लागि १०–१५ दिन पर्याप्त समय हुने भनेका छन् । उनले गत वर्ष जुनमा इरानका आणविक केन्द्रहरूमा इजरायल–अमेरिका संयुक्त आक्रमणले गाजामा युद्धविरामको वातावरण बनाउन मद्दत पुगेको दाबी पनि दोहोर्याए । दुवै पक्षबाट आएको कडा बयानबाजीले मध्यपूर्वमा तनाव थप चुलिने संकेत देखिएको छ । कूटनीतिक समाधानतर्फ प्रगति नभए क्षेत्रीय अस्थिरता गहिरिने चिन्ता बढेको विश्लेषकहरूले भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण