इरानमाथि आक्रमणका लागि ट्रम्पले पठाएको अनुरोध बेलायतद्वारा अस्वीकार
काठमाडौँ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले इरानमाथि सम्भावित अमेरिकी आक्रमणका लागि बेलायती हवाई शिविर प्रयोग गर्न दिने अनुरोध अस्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त प्रस्ताव अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुन सक्ने चिन्ताका कारण रोकिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । द टाइम्स अफ लन्डनका अनुसार स्टार्मरले इंग्ल्याण्डस्थित आरएएफ फेयरफोर्ड र हिन्द महासागरको बेलायती क्षेत्र डिएगो गार्सिया एयरबेस प्रयोग गर्न अनुमति नदिने निर्णय गरेका हुन् ।
यी दुवै आधार अमेरिकाका लागि विदेशमा हुने सैन्य अभियानका महत्त्वपूर्ण केन्द्र मानिन्छ । खार गरी डिएगो गार्सिया अमेरिकी भारी बमवर्षक विमानहरूको प्रमुख आधार हो ।
अमेरिकालाई यी आधार प्रयोग गर्न दिइयो भने त्यो अन्तर्राष्ट्रिय कानुन विपरीत ठहरिन सक्ने बेलायती अधिकारीहरूलाई आशङ्का छ । कानुनअनुसार प्रत्यक्ष आक्रमण गर्ने मात्र होइन, आक्रमणमा सहयोग गर्ने देश पनि जिम्मेवार ठहरिन सक्ने तर्क सरकार स्रोतहरूले दिएका छन् ।
बीबीसी, द गार्जियन र द टेलिग्राफले पनि आफ्ना स्रोत उद्धृत गर्दै बेलायतले आधार प्रयोग रोक्ने निर्णय गरेको पुष्टि गरेका छन् । ऐतिहासिक रूपमा अमेरिकाले बेलायती आधार प्रयोग गर्ने अनुमति मामिला हेरेर दिँदै आएको छ।
यसैबिच स्टार्मर र ट्रम्पबिच मंगलबार फोनवार्ता भएको थियो, जसमा मध्यपूर्व र युरोपको शान्तिबारे छलफल भएको बताइएको छ । पछि ट्रम्पले टु«थ सोसलमा चागोस टापुको सार्वभौमिकता मौरिससलाई हस्तान्तरण गर्ने सम्भावित सम्झौताबाट समर्थन फिर्ता लिएको घोषणा गरेका थिए । विश्लेषकहरूका अनुसार यस विषयले अमेरिका–बेलायत सम्बन्धमा कूटनीतिक तनाव बढाउने सङ्केत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण