पर्साको मतदानस्थलमा सिसिटिभी क्यामेरा राख्ने निर्णय
सारांश
- पर्साका मतदानस्थलमा फागुन २१ गते हुने निर्वाचनका लागि सिसिटिभी क्यामेरा जडान गरिने भएको छ।
- निष्पक्ष निर्वाचनका लागि स्थानीय तह र सुरक्षा निकायको समन्वयमा सिसिटिभी जडान र अनुगमन गरिनेछ।
- जिल्लामा १६७ मतदान स्थल र ४४१ मतदान केन्द्र रहेको र चार निर्वाचन क्षेत्र रहेको बताइएको छ।
काठमाडौँ । पर्साको मतदानस्थलहरूमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा राख्ने निर्णय गरिएको छ । फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नको लागी सबै मतदान स्थलमा सिसिटिभी जडान गर्ने निर्णय गरिएको पर्सामा निर्वाचन गराउन खटिएका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनका अनुसार फागुन १७ गतेसम्म सबै मतदान स्थलमा सिसिटिभी जडान गरिने निर्णय भएको छ ।
गाउँपालिका, नगरपालिका र महानगरपालिकाले सिसिटिभी जडान गरिदिने र सुरक्षा निकायले मनिटर गर्ने सहमति भएको हो । सिसिटिभी जडान भएपछि सम्बन्धित मतदान स्थलमा रहने कन्ट्रोल रुमबाट प्रहरी कर्मचारीले त्यहाँको गतिविधि निगरानी गर्नेछन् । एसपी सुवेदीले भने, ‘स्थानीय निकायले सिसिटिभी जडान गरिदिने र सुरक्षा निकायले मनिटरिङ गर्ने कुरा भएको छ ।’
पर्सामा १६७ वटा मतदान स्थल र ४४१ वटा मतदान केन्द्र छन् । पर्सा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण