मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संगीत

‘भोजपुरदेखि’ लिएर आए विक्रम धमला र उमा कार्की

शुक्रबार, ०८ फागुन २०८२, १८ : २३
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • गायक विक्रम धमलाले 'भोजपुरदेखि' बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
  • गीतमा पूर्वेली लोकभाका, तीर्थ 'दावाँली भाइ'को शब्द र मिलन श्रेष्ठको संगीत रहेको छ।
  • भोजपुरदेखि धरान हुँदै इटहरीसम्मको यात्रामा भेटिएका मायालु जोडीको भाव गीतमा प्रस्तुत गरिएको छ।

काठमाडौं । गायक विक्रम धमलाले नयाँ गीत ‘भोजपुरदेखि’ ल्याएका छन् । पूर्वेली लोकभाकाको यो गीतमा तीर्थ ‘दावाँली भाइ’को शब्द, मिलन श्रेष्ठको संगीत र डम्बर लिम्बूको एरेन्ज छ । गायनमा विक्रमलाई उमा कार्कीले साथ दिएकी छन् । 

भोजपुरदेखि बल्ल बल्ल सुनसरी झरेको
मायासँगै धरानैमा भेट हुनु परेको
भनिदेऊ न यसरी के हो तिम्रो नाम
कहाँ हो घर के हो थर कता पर्‍यो गाउँ
आउन बसमा चढी इटहरी जाऔं

दोहोरी शैलीको गीतमा भोजपुरदेखि धरान हुँदै इटहरीसम्मको यात्रामा भेटिएका मायालु जोडीको भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा विक्रम र उमा फिचर्ड छन् । अरूण न्यौपानेले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका हुन् । 

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय विक्रमले केही समयअघि ‘दर्शन ढुंगा’ गीत सार्वजनिक गरेका थिए । डेढ दशकअघि आफ्नै शब्द तथा संगीतमा ‘मुस्कानभित्र रोदन मेरो’ गीतबाट संगीतमा पाइला चालेका विक्रमले ‘महसुस’ र ‘आहत’ गरी दुई सोलो एल्बम निकालेका छन् । उनका साँच्चै के हो माया, महसुस, मादलु लगायत गीत रुचाइएका छन् । फूलको गमला, शुभ तिहार लगायत अन्य गीत पनि उनका सार्वजनिक छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप