बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कामको सम्मान गर्ने हो भने देशमा विकास हुन्छ : मीन बहादुर गुरुङ

आइतबार, १० फागुन २०८२, १४ : ५१
आइतबार, १० फागुन २०८२

सारांश

  • व्यवसायी मीन बहादुर गुरुङले १५ वर्षमा नेपाललाई आर्थिक विकासको उच्च तहमा पुर्याउन सकिने बताए।
  • उनले श्रमको सम्मान र व्यवसायीको इमानदारीताले देशको आर्थिक उन्नति हुने कुरामा जोड दिए।
  • गुरुङले जेनजी आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै देशलाई बिग्रन नदिने बताए।

काठमाडौँ । व्यवसायी मीन बहादुर गुरुङले १५ वर्षमा नेपाललाई आर्थिक विकासको दृष्टिले उच्च तहमा पुर्‍याउन सकिने बताएका छन् । 

व्यवसायी गुरुङले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। 

‘श्रमको सम्मान छैन, श्रमको सम्मान नहुँदासम्म देशको उन्नति प्रगति हुनेवाला छैन’, उनले भने, ‘काम गर्ने कामदारहरूलाई रेस्पेक्ट गरौँ र व्यवसायीहरूले पनि इमानदारीपूर्वक कर्तव्य पुरा गर्नुपर्छ ।’

व्यवसायी गुरुङले कामदारको सम्मान र व्यवसायीले इमान देखाए नेपालले १५ वर्षमा नेपालले संसारका देशहरूमध्ये उच्च तहमा आर्थिक उन्नति गर्न सक्ने बताए । 

‘१५ वर्षमा संसारको उच्च तहमा नेपाल पुग्न सक्छ’, गुरुङले भने,‘मजस्तो इमानदार कर्तव्यनिष्ठ व्यवसायीमाथि आक्रमण भएको छ । किन हो मलाई थाहा छैन । हामीले हजारौँलाई रोजगारी दिएका छौ ।’

उनले आफूले जाँदा सम्पत्ति सँगै नलैजाने भन्दै आम जनताकै लागि पुँजी छाडेर जाने बताए ।

उनले जेनजी आन्दोलनमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै आगामी दिनमा यस्तो नहोस् भन्ने कामना गरे । गुरुङले देश बिग्रन नदिने पनि बताए । 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि नै महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याउने याेजना छ । यद्यपि जेनजी आन्दाेलनमा क्षतिग्रस्त उक्त सुपरमार्केट मर्मत भने भइसकेकाे छ । आन्दोलनमा क्षति भएका भाटभटेनीका १२ वटामध्ये सञ्चालनमा आउन लागेकाे महाराजगञ्ज शाखा तेस्रो हो।

min gurung (13)min gurung (14)min gurung (15)min gurung (16)min gurung (17)min gurung (18)min gurung (19)min gurung (20)min gurung (21)min gurung (22)min gurung (23)

min gurung (1)min gurung (2)min gurung (3)min gurung (4)min gurung (5)min gurung (6)min gurung (7)min gurung (8)min gurung (9)min gurung (10)min gurung (11)min gurung (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप