पर्सामा कर्फ्यु हटाइयाे, निषेधाज्ञा लगाइयो
सारांश
- पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ, जिल्ला सुरक्षा समितिको निर्णय अनुसार यो लागु गरिएको हो।
- वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।
- निषेधाज्ञाको आदेश उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिनेछ, आइतबार साँझ झडप भएपछि कर्फ्यु लगाइएको थियो।
काठमाडौँ । पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । सोमबारको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपराह्न साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो ।
परिस्थिति पूर्ण रूपमा सामान्य नभएकाले वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ।
उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने छ ।
दुई जनाकोबिचमा भएको विवादलाई बढाएर सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने कार्यमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने र त्यसमा धार्मिक अगुवाहरुले सहजिकरण गर्ने निर्णय गरिएको छ ।
व्यक्तिगत घटनालाई लिएर घृणापुर्ण अभिव्यीक्त दिने र सामाजिक सञ्जालमा त्यसबारे अनधिकृत पोष्ट गर्नेलाई विद्युत्तिय कारोबार ऐन अनुसार कारबाही गर्ने निर्णय भएको छ ।
आगामाी दिनमा धार्मिक सहिष्णुता कायम राख्न नागरिक समाज र राजनैतिक दलहरु लगायतले विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरिएको छ ।

आइतबार साँझ हिन्दु र मुस्लिम समुदायकोबिचमा झडपपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश जारी गरेका थिए ।
निषेधाज्ञा लगाइएको क्षेत्र
पूर्वः बाईपास रोड
पश्चिम रानीघाट पुल
उत्तरःपावरहाउस चोक
दक्षिणः घण्टाघर चोक
_RLyPkLcAqW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण