दाङमा निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण सुरु
दाङ । जिल्लामा आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका निकायले चुनावी तयारीलाई तीव्र पारेका हुन् ।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनका लागि दुई हजार बढी कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच प्रदेश निर्वाचन कार्यालय दाङ र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण सुरु गरेको छ ।
निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गराउन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिन थालिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद पण्डितले जानकारी दिए ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएकाले मतदानस्थलमा सुरक्षा मजबुद बनाउन सबै तहबाट काम गर्नुपर्ने बताए ।
दाङ क्षेत्र नं २ मा ४९ वटा मतदानस्थल र १५५ मतदान केन्द्र छन् । पन्ध्र जना राजनीतिक र आठ स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यसैगरी क्षेत्र नं ३ मा ५६ मतदानस्थल, १६९ मतदान केन्द्र छन् । एक लाख ५० हजार ७२० मतदाता रहेका यहाँ राजनीतिक दलका १५ र २३ जना स्वतन्त्र उम्मेदवार छन् । दाङमा कुल चार लाख ३१ हजार ६८७ मतदाता कायम छन् । १५९ मतदानस्थल र दुईवटा अस्थायी गरी ४७९ मतदान केन्द्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण