निर्वाचन आचारसंहिता पालना गर्न सर्वदलीय सहमति
सारांश
- जुम्लामा निर्वाचन आचारसंहिता पालना गर्न सर्वदलीय सहमति भएको छ।
- बैठकमा सहभागीहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाए।
- कार्यालयले आचारसंहिता उल्लंघन भए कानुनअनुसार कारबाही गर्ने जनाएको छ।
जुम्ला । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ९ दिन बाँकी भएसँगै जुम्लामा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्न सर्वदलीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकले आचारसंहिता पूर्ण रूपमा पालना गर्न/गराउनका लागि राजनीतिक दलसहित सरोकार भएका सबै पक्षले प्रतिबद्धता जनाएका छन् ।
बैठकमा सहभागीहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका बताउँदै शान्ति सुरक्षा र शान्त वातावरणमा निर्वाचनलाई सफल पार्नका लागि सबै सरोकार भएका निकायको महत्त्वपूर्ण भूमिका रहने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत आनन्दराज पन्तले आचारसंहिता पालना गर्न सम्पूर्ण पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै यहाँका सबै पक्षले सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका बताए । हालसम्म निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको उनले जानकारी दिए । “मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म औपचारिक रूपमा लिखित उजुरी परेका छैनन् । दलहरूसँग स्पष्टीकरण नसोधे पनि मौखिक ध्यानाकर्षण गराइएको छ”, मुख्य निर्वाचन अधिकृत पन्तले भने ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले निर्वाचनमा बालबालिकाको प्रयोग भइरहे/नरहेको, जनप्रतिनिधि आफ्नो पालिकामा प्रचारप्रसारका लागि गए/नगएकाबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूक्ष्म अनुगमन नगरेको स्थानीयबाट गुनासो आएकाले यसलाई तीव्रता दिने उल्लेख गरे । फागुन १८ गतेदेखि निर्वाचनमा खटिने सबै कर्मचारीलाई मतदानस्थलमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्दै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित ढङ्गले निर्वाचन गतिविधि सञ्चालन गर्न राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता र सर्वसाधारणलाई कार्यालयले आह्वान गरेको छ । आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण