थाइल्यान्डमा एकैपटक ७२ बाघको कसरी भयो मृत्यु ?
सारांश
- थाइल्यान्डको चियाङ माइस्थित टाइगर किङ्डममा ७२ बाघको मृत्यु भएको छ, जसले छानबिन सुरु भएको छ।
- बाघहरू क्यानाइन डिस्टेम्पर भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ, तर संक्रमणको कारण अझै अज्ञात छ।
- पशु अधिकारकर्मीहरूले बाघको जीवनस्तरमाथि प्रश्न उठाएका छन्, अधिकारीहरूले थप क्षति रोक्न काम गरिरहेका छन्।
बैंकक । थाइल्यान्डको उत्तरी शहर चियाङ माइस्थित लोकप्रिय पर्यटकीय आकर्षण टाइगर किङ्डम चियाङ माइमा ७२ वटा बाघ मरेपछि अधिकारीहरूले औपचारिक छानबिन थालेका छन् ।
दुईवटा परिसरमा फैलिएको रोगका कारण दुई हप्ताभित्रै यति धेरै बाघ मरेको जनाइएको छ । स्थानीय पशुधन विभागका अनुसार मृत बाघहरूबाट लिइएको नमुनामा ‘क्यानाइन डिस्टेम्पर भाइरस’ (सीडीभी) पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन ।
पार्कका निर्देशक सोमचुआन रतनामुङ्क्लानोनले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै बाघमा रोग पहिचान गर्न ढिलाइ हुँदा नियन्त्रण गर्न कठिन भएको बताएका छन् । “हामीले तिनीहरू बिरामी भएको थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको थियो,” उनले भने ।
प्रान्तीय पशुधन कार्यालयले यसअघि केही नमुनामा फेलाइन पार्भोभाइरस र श्वासप्रश्वाससम्बन्धी ब्याक्टेरियासमेत देखिएको जनाएको थियो । प्रारम्भिक अनुमानअनुसार बाघलाई खुवाइएको कुखुराको काँचो मासुबाट संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
सन् २००४ मा चोनबुरी प्रान्तस्थित एक चिडियाखानामा पनि कुखुराको काँचो मासुबाट बर्ड फ्लु फैलिँदा करिब १५० बाघ मरेका वा मारिएका थिए ।
हाल मृत बाघहरूको अवशेष दाहसंस्कार तथा जमिनमा गाड्ने काम सम्पन्न भइसकेको छ । पार्कका दुई परिसरमा यसअघि २४० भन्दा बढी बाघ रहेको जनाइएको छ ।
रोग अत्यन्त संक्रामक भएकाले पार्कका पशुचिकित्सक र कर्मचारीलाई २१ दिन निगरानीमा राखिएको छ । अहिलेसम्म मानवमा संक्रमण देखिएको छैन ।
यस घटनापछि पशु अधिकारकर्मीहरूले मनोरञ्जनका लागि कैदमा राखिएका बाघहरूको जीवनस्तरबारे गम्भीर प्रश्न उठाएका छन् । अधिकारीहरूले संक्रमणको स्रोत पहिचान र थप क्षति रोक्ने काम जारी राखेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण