शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी-२० विश्वकप

वेस्टइन्डिजको सानदार जितले भारत दबाबमा, कसरी पुग्ला सेमिफाइनल ?

मङ्गलबार, १२ फागुन २०८२, १५ : ३२
मङ्गलबार, १२ फागुन २०८२

काठमाडाैँ । सोमबार भएको टी-२० विश्वकपअन्तर्गत सुपर–८ को आफ्नो पहिलो खेलमा वेस्टइन्डिजले जिम्बावेलाई १०७ रनले पराजित गर्‍यो। यो जितसँगै भारतको चिन्ता थपिएको छ।

आफ्नो पहिलो खेलमा भारतीय टोली दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो। समूहका शीर्ष दुई टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउनेछन्। आउनुहोस् बुझौँ, भारत कसरी सेमिफाइनल पुग्न सक्छ :

भारतको सेमिफाइनल समीकरण

१. यदि भारतले दुवै खेल जितेमा

यदि भारतले वेस्टइन्डिज र जिम्बावे दुवैलाई हराएमा उसको ४ अङ्क हुनेछ। उता दक्षिण अफ्रिकाले पनि आफ्ना बाँकी दुवै खेल जितेमा भारत र दक्षिण अफ्रिका दुवै टोली सेमिफाइनलका लागि छनोट हुनेछन्।
यदि भारतले दुवै खेल जित्यो र दक्षिण अफ्रिका आफ्नो एउटा खेलमा पराजित भयो भने, तीनवटै टोलीको समान ४-४ अङ्क हुन सक्छ। यस्तो अवस्थामा नेट रनरेटका आधारमा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ।
यदि भारतले आफ्ना दुवै खेल जित्यो र दक्षिण अफ्रिका दुवै खेलमा पराजित भयो भने, भारत र वेस्टइन्डिज सेमिफाइनलमा प्रवेश गर्नेछन्।
२. यदि भारतले एउटा मात्र खेल जितेमा

अन्य टोलीको नतिजा जस्तोसुकै आए पनि, एउटा मात्र जितले भारतको सेमिफाइनल पुग्ने सम्भावना लगभग शून्य हुनेछ।
वेस्टइन्डिजलाई हराउन सहज छैन

यस टी-२० विश्वकपमा भारतीय टोलीले आफ्नो अर्को खेल फेब्रुअरी २६ मा जिम्बावेविरुद्ध खेल्नेछ। त्यस्तै, अन्तिम खेलमा मार्च १ मा टोलीले वेस्टइन्डिजको सामना गर्नेछ।

वेस्टइन्डिजका बलर र ब्याटर दुवै उत्कृष्ट फर्ममा छन्। उक्त टोलीले अहिलेसम्म खेलेका आफ्ना ५ वटै खेल जितेको छ।

उता, भारतलाई हराएर दक्षिण अफ्रिकाले बलियो सुरुआत गरेको छ। अब उसले वेस्टइन्डिज र जिम्बावेविरुद्ध खेल्न बाँकी छ। टोलीले बाँकी दुवै खेल जितेमा उसको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ।

सुपर-८ चरणमा ४-४ टोलीको २ वटा समूह बनाइएको छ। हरेक टोलीले आफ्नो समूहमा एकअर्काविरुद्ध ३-३ खेल खेल्नुपर्नेछ। अर्थात्, एक समूहमा ६ वटा खेल हुनेछन्। यसरी दुवै समूह मिलाएर कुल १२ खेल खेलिनेछन्। जसमध्ये ४ वटा खेल भइसकेका छन्। दुवै समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

मार्च ४ मा पहिलो सेमिफाइनल हुनेछ भने मार्च ५ मा वानखेडे स्टेडियममा दोस्रो सेमिफाइनल खेलिनेछ। सेमिफाइनल जित्ने टोलीहरू मार्च ८ मा फाइनलमा भिड्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप