सोरलोथको ह्याट्रिकमा एट्लेटिको मड्रिडको सानदार जित
सारांश
- एलेक्जेन्डर सोरलोथको ह्याट्रिकको मद्दतले एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गर्यो।
- प्लेअफको दोस्रो लेगमा एट्लेटिको मड्रिडले क्लब ब्रुगलाई ४-१ ले पराजित गर्यो।
- सोरलोथले खेलमा ह्याट्रिक गरे, जबकि जोनी कार्डोसोले पनि एक गोल थपे।
काठमाडौँ । अलेक्जेन्डर सोरलोथको सानदार ह्याट्रिकको मद्दतले स्पेनिस क्लब एट्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिगको प्लेअफमा क्लब ब्रुगलाई पराजित गर्दै प्रतियोगिताको समूह चरणमा आफ्नो स्थान पक्का गरेको छ ।
मंगलबार भएको प्लेअफको दोस्रो लेगमा एट्लेटिको मड्रिडले क्लब ब्रुगलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो ।
घरेलु टोली एट्लेटिकोका लागि खेलको २३ औँ मिनेटमा अलेक्जेन्डर सोरलोथले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर, ३६ औँ मिनेटमा क्लब ब्रुगका जोएल ओर्डोनेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्यो । ४८ औँ मिनेटमा जोनी कार्डोसोले गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा चम्किएका सोरलोथले ७६ औँ र ८७ औँ मिनेटमा थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीको जित ४–१ ले सुनिश्चित गरे।
यो जितसँगै एट्लेटिको मड्रिडले समग्रमा ७–४ को नतिजासहित च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण