नेता पक्राउ परेकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको आपत्ति, रिहाइको माग
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्ना नेताहरूको गिरफ्तारीको विरोध गर्दै रिहाइको माग गरेको छ।
- पार्टीले प्रधानमन्त्रीको आलोचना गर्दै निर्वाचन बहिष्कारको कुरा उठाएको र नेता कार्यकर्ता पक्राउ गरेको आरोप लगाएको छ।
- पार्टीले महासचिव सीपी गजुरेलको नाममा फैलाइएको भ्रमपूर्ण समाचारको खण्डन गरेको छ।
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्ना नेताहरूलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै कडा विरोध जनाएको छ।
पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस वक्तव्यमा पार्टीका वैकल्पिक पोलिटब्युरो सदस्य सोमानसिंह तामाङलाई काभ्रेको बनेपाबाट र दाङ जिल्ला समिति सदस्य मानबहादुर ओलीलाई पक्राउ गरिएकोमा निन्दा गर्दै उनीहरूको यथाशीघ्र रिहाइको माग गरिएको छ।
पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको आलोचना गर्दै एकातिर निर्वाचन बहिष्कार गर्नेहरूको कुनै प्रभाव छैन भन्ने र अर्कोतिर तिनै नेता–कार्यकर्तालाई बिनाकारण पक्राउ गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाएको छ।
यस कदमविरुद्ध आवाज उठाउन पार्टीले मानवअधिकारवादी तथा नागरिक समाजलाई अपिलसमेत गरेको छ।
त्यसैगरी, पार्टीले आफ्ना महासचिव सीपी गजुरेल गौरवको नाम जोडेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलाइएको भ्रमप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता गौरवको नामबाट प्रसारित वक्तव्यलाई आफ्नो पार्टीको महासचिवको भनी प्रचार गरिएको भन्दै उक्त वक्तव्य आफ्नो नभएको कुरा पार्टीले स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण