पाकिस्तान–अफगानिस्तानबिच चर्कियो तनाव, 'खुला युद्ध'को चेतावनी
सारांश
- तालिबानले पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी गरेपछि पाकिस्तानले सैन्य जवाफ दियो।
- पाकिस्तानी सेनाले जवाफ दिँदै तालिबानका चौकी र उपकरण ध्वस्त पारेको दाबी गरेको छ।
- यस घटनापछि पाकिस्तानले काबुलमा हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ, जसले तनाव बढाएको छ।
इस्लामाबाद । अफगानिस्तानस्थित तालिबान प्रशासनले उक्साहट बिना सीमा क्षेत्रमा गोलीबारी गरेको आरोप लगाउँदै पाकिस्तानले तत्काल सैन्य जवाफ दिएको जनाएको छ । पाकिस्तानको सूचना मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको वक्तव्यमा अफगान तालिबानले उत्तरपश्चिमी सीमाका विभिन्न स्थानमा गोली चलाएको दाबी गरिएको छ ।
‘अफगान तालिबानले गलत अनुमान गर्यो अनि खैबर पख्तुनख्वामामा पाकिस्तान अफगानिस्तान सीमा पारी धेरै स्थानहरूमा बिना उक्साहट गोलीबारी गर्यो, जसलाई पाकिस्तानको सुरक्षा बलले तत्काल र प्रभावकारी प्रतिक्रियाको सामना गरिरहेको छ,’ मन्त्रालयले पोष्टमा लेखेको छ ।
वक्तव्यमा चितराल, खैबर, मोह्मन्द, कुर्रम र बाजौर क्षेत्रमा तालिबानका चौकी तथा उपकरणहरू ध्वस्त पारिएको र अफगान पक्षमा ठूलो क्षति भएको प्रारम्भिक रिपोर्ट आएको उल्लेख गरिएको छ ।
उक्त घटनाको केही घण्टापछि पाकिस्तानले काबुल लक्षित हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ, जसले दुई देशबिचको तनाव थप चर्किएको संकेत दिएको छ। यद्यपि अफगान तालिबान प्रशासनबाट यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।
विश्लेषकहरूका अनुसार पछिल्लो सीमा झडपले इस्लामाबाद र काबुलबीचको सम्बन्ध अझै जटिल बन्ने सम्भावना देखिएको छ । दुई देशबिच विगत केही वर्षदेखि सीमा सुरक्षा, आतङ्कवादी समूहको उपस्थितिलगायत विषयमा तनाव कायम रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण