बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जय ट्रफीको फाइनल खेलको मिति परिवर्तन

शुक्रबार, १५ फागुन २०८२, १८ : २२
शुक्रबार, १५ फागुन २०८२

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी ‘जय ट्रफी, २०२६’ को फाइनल खेलको मिति सारिएको छ ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदान र टियु क्रिकेट स्टेडियम मा सञ्चालन भइरहेको प्रतियोगिताको उपाधि भिडन्त अब आगामी अप्रिल ५ देखि ७ (चैत २२–२४) सम्म हुने भएको छ ।

प्रतिनिधि सभाको निर्वाचनका कारण सुरक्षा तथा व्यवस्थापकीय चुनौतीलाई मध्यनजर गर्दै फाइनल खेलको मिति परिवर्तन गरिएको क्यानले जनाएको छ । 

यसअघि तय गरिएको तालिकाअनुसार फाइनल खेल निर्वाचनको समयसँग जुध्ने देखिएपछि नयाँ मिति सार्वजनिक गरिएको हो । जय ट्रफीको फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप