सातामा सुन तोलामा १० हजार २०० र चाँदी ६९० रुपैयाँले महँगियो
सारांश
- यस साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०,२०० रुपैयाँले बढेको छ।
- चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, र यो प्रति तोला ६९० रुपैयाँले महँगो भएको छ।
- सुनको मूल्य शुक्रबार ३,१४,९०० रुपैयाँमा झरेर कारोबार बन्द भयो, जबकि चाँदी ५,७४० रुपैयाँमा पुग्यो।
काठमाडौं । नेपाली बजारमा यो साता सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि हिजो शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १० हजार २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ६९० रुपैयाँले महँगिएको छ ।
महासंघका अनुसार अघिल्लो शुक्रबार (फागुन ८ गते) छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो । त्यसपछि बजार खुल्दा १० गते आइतबार सुनको भाउ ह्वात्तै बढेर ३ लाख १० हजार ३०० रुपैयाँ पुग्यो । साताभरि नै उकालो लागेको सुनको मूल्य ११ गते ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भयो भने १२ र १३ गते स्थिर रहँदै प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भयो ।
साताको छैटौं दिन बिहीबार (१४ गते) सुनको मूल्यले साताकै उच्च बिन्दु चुम्दै प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको थियो । तर, साताको अन्तिम कारोबार दिन हिजो शुक्रबार (१५ गते) भने तोलामा ५०० रुपैयाँले सामान्य गिरावट आउँदै सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा झरेर कारोबार बन्द भएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि साताभर निरन्तर जसो वृद्धि देखिएको छ । अघिल्लो शुक्रबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी हिजो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार ७४० रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको मूल्य १० गते ५ हजार ४२५, ११ गते ५ हजार ५९५ र १२ गते सामान्य घटेर ५ हजार ५८५ रुपैयाँ कायम भएको थियो । त्यसपछि निरन्तर उकालो लागेको चाँदी १३ गते ५ हजार ७१५ र १४ गते ५ हजार ७२५ रुपैयाँ हुँदै साताको अन्तिम दिन हिजो शुक्रबार सर्वाधिक महँगो भएको हो ।
यसैगरी, अघिल्लो शुक्रबार २ लाख ६१ हजार २३० रुपैयाँ रहेको प्रति १० ग्राम सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा २ लाख ६९ हजार ९७५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रति १० ग्राम ४ हजार ३२९ रुपैयाँ ५० पैसा रहेको चाँदी बढेर ४ हजार ९२१ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण