धोका दिनु रणबीरको बानी, पहिलो पटक दीपिकाले बताइन् ब्रेकअपको कारण !
कुनै बेला बलिउडको सुन्दर जोडीमध्येका एक मानिने रणबीर कपुर–दीपिका पादुकोणको ब्रेकअपपछि अब भिन्न बाटो रोजेका छन् । तर यो ब्रेकअपमा को जिम्मेवार थियो भन्ने बारे दीपिकाले एक अन्तर्वार्तामा जानकारी दिएकी छिन् । हुन त दीपिकाले रणबीरको नाम नलिइकनै आफ्नो सम्बन्ध टुट्नुको पीडाबारे कुराकानी गरेकी छिन् । यद्यपी, भारतका विभिन्न मिडियाले दीपिकाले पूर्व प्रेमी भनेर रणबीरबारे नै कुरा गरिरहेको दाबी गरेका छन् ।
भर्भ म्यागजिनसँगको अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘मैले उनलाई रंगेहात समातेको थियो । त्यति नै बेला सबै भावनालाई बिर्सिएर उनीसँग अलग्गिने निर्णय गरें ।’
‘मेरा लागि कसैसँग नजिकिनु भएको यौनसम्बन्ध स्थापित गर्नु मात्र होइन । यसका लागि तपाईंको भावनासमेत जोडिन आवश्यक छ । म यस्तै सोच्छु, सबैको सोच यस्तै हुनुपर्छ भन्ने छैन ।’
सम्बन्धमा रहँदासमेत आफूलाई धेरैले सम्झाएको दीपिका बताउँछिन् । उनी भन्छिन्, ‘जब म सम्बन्धमा थिएँ तब धेरै मानिसहरुले मलाई उसले धोका दिइरहेको छ भनेर सम्झाए । म आफैंलाई पनि यो कुरा थाहा थियो । उसले सम्बन्धका लागि मसँग भीख मागेकाले मैले दोस्रो मौका दिएँ । तरपनि म उसलाई एक दिन रंगेहात समातें ।’
सम्बन्धमा रहँदा आफूले कहिले पनि कसैलाई धोका नदिएको उनी बताउँछिन् । ‘मैले कहिले पनि सम्बन्धमा रहँदा धोका दिइनँ । यस्तो गर्नुको साटो म सिंगल नै भएको ठिक छ ।’
दीपिका थप्छिन्, ‘जब उनले मलाई पहिलो पटक धोका दिए तब हाम्रो सम्बन्धमा कुनै पनि कुरा सही छैन भन्ने लागेको थियो तर पनि मैले दोस्रो मौका दिएँ । तर जब धोका दिनु कसैको बानी छ भने तपाईंले सम्बन्धमा सबैकुरा दिएपछि पनि हार्नुहुन्छ । मैले सम्बन्धमा हुँदा सबैकुरा दिएँ तर केही कुराको अपेक्षा गरिनँ ।’
‘तर विश्वास टुटेपटि तपाईं पूर्ण रुपमा आफ्नो अगाडि भएका व्यक्तिप्रतिको भावना गुमाउनुहुन्छ । ब्रेकअप पछि म थुप्रै दिनसम्म रोइरहें । समयसँगै म ठिक हुँदै गएँ र जीवनमा अगाडि बढें, ’ उनले भनिन् ।
स्मरण रहोस्, दीपिका पादुकोण र रणबीर कपुर सन् २००७ मा रिलिज भएको बचना ए हसिनो फिल्मका बेला नजिकिएका थिए । रिपोर्ट अनुसार दीपिकाले रणबीरको नामको ट्याटु पनि बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण