मध्यपूर्वमा रहेका २७ अमेरिकी शिविरहरूमा आक्रमण : आईआरजीसी
सारांश
- इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ।
- इरानले इजरायल र क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।
- आईआरजीसीले आगामी दिनमा थप कडा प्रतिशोधका कदम चाल्ने चेतावनी दिएको छ।
तेहरान । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईसीआरजीसी) ले मध्यपूर्वका २७ वटा अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलले इरानमाथि गरेको बमबारीको जवाफ स्वरूप आईआरजीसीले छैटौँ चरणको प्रतिकारात्मक कारबाही सञ्चालन गरिरहेको जनाएको हो ।
यसका अनुसार इजरायल र क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डामाथि व्यापक मिसाइल र ड्रोन आक्रमण गरिएको छ । यस क्रममा इजरायलको तेल नफ एयरबेस, तेल अवीवस्थित इजरायली सेनाको कमान्ड मुख्यालय हाकिर्या, तथा सोही सहरको ठुलो रक्षा औद्योगिक परिसरलाई पनि निशाना बनाइएको दाबी गरिएको छ ।
आगामी दिनमा पनि फरक र कडा प्रतिशोधका कदमहरू चालिने चेतावनी दिँदै आईआरजीसीले क्रमिक रूपमा थप आक्रमण हुन सक्ने सङ्केत दिएको छ । यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् । प्रभावित देशहरूबाट विस्तृत आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण