इरानको राजधानी तेहरानमा शक्तिशाली विस्फोटको आवाज, इन्टरनेटमा प्रतिबन्ध
सारांश
- इरान र इजरायलबीचको सैन्य तनावका बीच तेहरानमा शक्तिशाली विष्फोट भएको आवाज सुनियो।
- विष्फोटपछि तेहरानको आकाशमा धुवाँको मुस्लो देखिएको छ र स्थानीय बासिन्दा त्रसित छन्।
- इरानी सरकारले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ, जसले गर्दा क्षतिको विवरण पाउन गाह्रो भएको छ।
तेहरान । इरान र इजरायलबिच बढ्दो सैन्य तनावका बिच इरानको राजधानी तेहरानमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। बीबीसी फारसीका अनुसार विष्फोटपछि तेहरानको आकाशमा धुवाँको मुस्लो देखिएको छ।
तेहरानका एक स्थानीय बासिन्दाले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोटको आवाजले सहरमा त्रास फैलाएको छ। ती बासिन्दाले भने, 'सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ, तर अधिकांश स्थानहरूमा सडकहरू सुनसान देखिएका छन्।'
इरानी जनताको मनोदशा र राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै ती बासिन्दाले थपे, 'मेरो सबैभन्दा ठुलो डर भनेको अमेरिकाले वर्तमान इरानी नेतृत्वसँग कुनै प्रकारको सम्झौता गर्ने हो कि भन्ने हो। खामेनीको मृत्यु मात्र पर्याप्त छैन, यो शासनका सबै अधिकारीहरू सत्ताबाट हट्नुपर्छ।'
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो विष्फोट इजरायल र इरानबिच चलिरहेको द्वन्द्वको हिस्सा हुन सक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ। हाल तेहरानको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
यसैबिच, इरानी सरकारले देशभर इन्टरनेट सेवामा कडा प्रतिबन्ध लगाएको छ। इन्टरनेट अवरुद्ध भएका कारण इरानभित्रको वास्तविक स्थिति र क्षतिको विवरण प्राप्त गर्न निकै कठिन भइरहेको समाचारमा जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण