इरानविरुद्ध थप हमला गर्ने ट्रम्पको चेतावनी, अमेरिकी सैनिकको मृत्युको बदला लिने घोषणा
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएका छन् र अमेरिकी सैनिकको मृत्युको बदला लिने बताए।
- ट्रम्पले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने घोषणा गरेका छन्।
- उनले यो सैन्य अभियान वर्तमान सुरक्षाका साथै भावी पुस्ताको सुनिश्चितताका लागि भएको दाबी गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिँदै अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने बताएका हुन्।
आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकाले हाल एक विशाल सैन्य अभियान सुरु गरिरहेको जानकारी दिए। उनले यो अभियान केवल वर्तमान सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुनिश्चितताका लागि भएको दाबी गरे। 'हामी यो ठूलो अभियान सञ्चालन गर्दैछौं, जुन हाम्रो समय र स्थानको सुरक्षाका लागि मात्र होइन, हाम्रा छोराछोरी र उनीहरूका सन्तानका लागि पनि हो,' ट्रम्पले भने।
उनले यस कदमलाई स्वतन्त्र नागरिकको कर्तव्यको रूपमा व्याख्या गरेका छन्। इरानलाई कट्टरपन्थी र रक्तपिपासु आतंकवादी शासनको संज्ञा दिँदै ट्रम्पले आणविक हतियारयुक्त इरानबाट अमेरिकी जनतालाई जोगाउन यस्तो कारबाही अनिवार्य भएको तर्क गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण