सिराहामा बस र मोटरसाइकल एक आपसमा टोकिँदा दुई युवकको मृत्यु, एक जना गम्भीर घाइते
सारांश
- सिराहामा बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ, भने एक किशोर घाइते भएका छन्।
- दुर्घटना गोलबजार नजिकै भएको थियो, जसमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भयो।
- घाइते किशोरको विराटनगरमा उपचार भइरहेको छ, र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
सिराहा । सिराहामा बस र मोटरसाइकल एक आपसमा टोकिँदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर गम्भीर घाइते भएका प्रहरीले जनाएको छन्।
सिरहाकाे पूर्व-पश्चिम लोकराजमार्ग अन्तर्गत गोलबजार नगरापलिका ३ जमनटोकी नजिक आइतबार राती राती यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा टोकिँदा सिरहाकाे धनगढीमाई नगरपालिका ८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो। दुर्घटनामा परी स्थानीय १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्।
गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स. ५ प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवा तर्फ जाँदै गरेको लु. २ ख १०८५ नम्बरको बस एक आपसमा ठोकिएर घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए। उनीहरू तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।
घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ। शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ। भन्ने बस र चालक इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण