अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा
सारांश
- इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग वार्ता नगर्ने बताए।
- लारिजानीले ट्रम्पको मध्यपूर्व नीतिको आलोचना गर्दै उनले भ्रमपूर्ण काम गरेको आरोप लगाए।
- लारिजानीले इरानले आक्रमण सुरु नगरेको र अमेरिकालाई दोष दिए।
तेहरान । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’
लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गर्दै भनेका छन्, ‘ट्रम्पले झूटा आशा देखाएर मध्यपूर्व क्षेत्रलाई अराजकतामा धकेलेका छन् । अनि अहिले अमेरिकी सैनिकहरूको थप क्षतिबारे चिन्तित बनेका छन्।’
उनले ट्रम्पका कदमलाई ‘भ्रमपूर्ण’ भन्दै ‘अमेरिका फर्स्ट’ को नारा ‘इजरायल फर्स्ट’ मा रूपान्तरण गरेको आरोप लगाएका छन् । ट्रम्पले इजरायलको शक्तिको भोकका लागि अमेरिकी सैनिकहरूलाई बलि दिएको समेत उनले बनाएका छन्।
दिवङ्गत सर्वोच्च नेता आयतुल्ला अली खामेनीका प्रमुख सल्लाहकार समेत रहेका लारिजानीले इरानी सेनाले आक्रमण सुरु नगरेको दाबी गर्दै भनेका छन्, ‘हामीले आक्रमणको सुरुवात गरेका होइनौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण